
सरकारले आयकर छुटमा बम्पर प्याकेज घोषणा गरेको छ । साना व्यवसायी लक्षित यस्तो प्याकेजले धेरैलाई राहात हुने देखिएको छ ।
सरकारले आर्थिक वर्ष २०७७/७८ को आयमा २० लाखसम्म कारोबार गर्नेलाई आयकरमा ९० प्रतिशत, ५० लाखसम्म कारोबार गर्ने व्यवसायीलाई ७५ प्रतिशत र रु. ५० देखि १ करोडसम्म कारोबार गर्ने व्यवसायीलाई आयकरमा ५० प्रतिशत छुटको घोषणा गरिएको हो ।
यस्तै, होटल, यातायात, हवाई क्षेत्र र संचार क्षेत्रका प्रतिष्ठानहरुलाई करयोग्य आयमा १ प्रतिशत मात्र आयकर लाग्ने व्यवस्था समेत भएको छ ।
सरकारले आर्थिक वर्ष ०७५/७६ का वार्षिक विवरण नुबझाएका र संस्था नवीकरण नगरेका कम्पनी तथा फर्मले असोजसम्म विवरण बुझाएमा र कर तिरेमा लाग्ने जरीवानामा १० प्रतिशतसम्म छुट दिने घोषणा समेत गरिएको छ ।