नागरिक लगानी कोष (CIT)  ले असार १८ गते २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कोषको जेठ २१ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकको अनुसार कोषको २६ औँ वार्षिक साधारण सभा असार १८ गते, शुक्रबार, कोषकै केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौँमा अपरान्ह २ बजेदेखि सुरू हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले असार ८ गते मंगलबार शेयर दाखि खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार असार ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता हुन र लाभांश पाउने छन् ।
कोषले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका सहित ८.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७५/७६ बाट भने कोषले शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवबाट बोनस र समग्र लाभांश दुबै घटाएको छ । ८२ प्रतिशत हकप्रदबाट चुक्ता पूँजी बढाएको कम्पनीले नगद र बोनस मिलाएर लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
कम्पनीले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीले ३ अर्ब पूँजी भएको कम्पनीले ५९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी २६.३१ रुपैयाँ कायम गरेको छ । जगेडा कोषमा १३ अर्ब २६ करोड रहँदा प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ कायम गरेको छ ।

तपाईको प्रतिक्रिया