नेपाल धितोपत्र बोर्डले आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने रु. १ अर्बको आरबीबी म्युचुअल फन्ड १ लाई निष्कासन अनुमति दिएको छ।

कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको यो म्युचुअल फन्डलाई धितोपत्र बोर्डले हिजो असार १० गते निष्कासनको अनुमति दिएको हो।

यो ७ वर्षे बन्दमुखी योजना हो। यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछ।

तपाईको प्रतिक्रिया