लक्ष्मी उन्नती कोषले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गर्ने भएको छ। लक्ष्मी बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोषले साउन १३ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो।
यस अनुसार साउन १२ गतेसम्म कायम इकाईधनीहरुले कोषले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कोषले इकाईधनीहरुलाई २५ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

Online Arthik










