पाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसबारे मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई जानकारी गराइसकेको छ। मन्त्रालयले आज घिसिङलाई नियुक्तिपत्र दिनेछ।

गत वर्ष २०७७ भदौमा ४ वर्षे कार्यकाल पुरा गरेर घिसिङ विद्युत प्राधिकरणबाट बिदा भएका थिए। घिसिङले नेपालमा लोडसेडिङ हटाएर चर्चा बटुलेका थिए।

तपाईको प्रतिक्रिया