मेरो सेयरको पासवर्ड बिर्सेमा अब प्रयोगकर्ता आफैँ रिसेट गर्न मिल्ने भएको छ। सीडीएससीले मेरो सेयरमा ‘फरगट योर पासवर्ड’ अप्सन थपेसँगै अब प्रयोगकर्ता आफैँले रिसेट गर्न मिल्ने भएको हो। यसअघि मेरो सेयरको पासवर्ड बिर्सेको खण्डमा सम्बन्धित डीपीमा सम्पर्क गर्नुपर्ने बाध्यता थियो। अब यो बाध्यता हटेको हो।

अब पासवर्ड बिर्सेमा प्रयोगकर्ताले मेरो सेयरमा उपलब्ध ‘फरगट योर पासवर्ड’ अप्सनमा गएर आफ्नो डीपी, युजर नेम, ई–मेल आईडी र जन्म मिति राखेर पठाउनुपर्ने हुन्छ। त्यसपछि ई–मेलमा सीडीएससीबाट प्राप्त निर्देशनका आधारमा प्रयोगकर्ताले मेरो सेयरमा पासवर्ड रिसेट गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया