अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज भदौ १३ गते अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। भोलि भदौ १४ गते कृष्णाजन्माष्टीका अवसरमा सार्वजनिक बिदा भएकोले सेयर बजार खुल्ने छैन। त्यसैले आज भदौ १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

यो कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १७.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश कम्पनीको यही भदौ २६ गते हुने ११ औँ वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ। सभा काठमाण्डौको थापाथलीस्थित ट्रेड टावर नेपालमा रहेको कम्पनीको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ।

सोही सभाले कम्पनीले बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारीको मुख्य अजेन्ड पनि अनुमोदन गर्नेछ।

तपाईको प्रतिक्रिया