नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको छ। यस दिन नेप्सेले एक्सेल डेभलपमेन्ट बैंक र सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन गरेको हो। एक्सेल डेभलपमेन्ट बैंकले यस दिन लाभांश वितरण तथा हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेको हो भने सानिमा इक्विटी फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज गरेको हो। एक्सेलको यस दिन १२ प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयर समायोजन भएको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ७६२ रुपैयँ ६८ पैसा निर्धारण भएको छ।

त्यसैगरी, नेप्सेले यस दिन सानिमा इक्विटी फण्डको यस दिन ३३ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात योजनाको इकाईमूल्य १२ रुपैयाँ ८५ पैसा तोकिएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो। भदौ ३१ गते, बिहीबार एक्सेल डेभलपमेन्ट बैंकको शेयर प्रतिकित्ता १ हजार ५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने सानिमा इक्विटी फण्डको इकाई १६ रुपैयाँ १५ पैसामा अन्तिम कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया