सानिमा माई हाइड्रोपावर लिमिटेडले १० औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिले आउँदो कात्तिक ११ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको सुकेधाराचोकस्थित सेलिब्रेसन हाइटमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश रहेका छन्।
सोही सभाले बोनस सेयर जारी चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले ७ जना सञ्चालक पनि निर्वाचित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही असोज १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १७ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Online Arthik










