उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो।
संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफा एवं वितरणयोग्य पुँजीगत जगेडा कोषबाट हाल कायम चुक्तापुँजी १७ करोड ६१ लाख ६९ हजार ७०६.३८ रुपैयाँको ३२ प्रतिशतले हुन आउने ५ करोड ६३ लाख ७४ हजार ३०६.०४ रुपैयाँबराबरको बोनस सेयर प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कार्यान्वयन गरिने संस्थाले जनाएको छ।

Online Arthik










