सनराइज क्यापिटलको प्रस्तावित ४० प्रतिशत नगद लाभांश पारित भएकाे छ ।शुक्रबार सम्पन्न संस्थाको ११औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) का दरले हुन आउने ८ करोड नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हाे ।

उक्त वार्षिक साधारण सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचुअल फण्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाईजरीको कार्य समेत सकृय रुपमा संचालन गर्दै सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै यस क्यापिटलले हाल सन्राइज म्युचुअल फण्ड अन्तर्गत सन्राईज फस्र्ट म्युुचुअल फण्ड तथा सन्राइज ब्लुचिप फण्ड योजनाहरु संचालन गर्दै आईरहेकोे छ ।

सन्राईज फर्स्ट म्युचुअल फण्ड योजनाले आ.व. २०७७/०७८ को मुनाफाबाट इकाईधनीहरुलाई ५० प्रतिशत (कर सहित) प्रतिफल वितरण गरिसकेको छ । साथै निकट भविष्यमा यस कम्पनीले सन्राइज फोकस्ड इक्विटि फण्ड नामको तेस्रो सामूहिक लगानी कोष योजना संचालन गर्ने प्रक्रियामा रहेको छ ।

तपाईको प्रतिक्रिया