
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज वैशाख १३ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङको दोर्दी गाउँपालिकाका स्थानीयका लागि जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकिदर दरका १० लाख ५४ हजार २६० कित्ता सेयर निष्कासन गरेको हो। यो आईपीओमा दोर्दी (साविकको भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१–८) गाविसका बासिन्दाले आवेदन दिन पाउनेछन्।
स्थानीयले सिद्धार्थ बैंकको लमजुङ शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएनमबि बैंकको बेसीशहर लमजुङ शाखाबाट आवेदन दिन सक्नेछन्। यसका साथै स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जनाएको छ।
दोर्दी खोला जलविद्युतको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।