हिमालय टेलिभिजनबाट प्रसारण हुदै आएको रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ को डिजिटल अडिसन खुला भएको छ । प्रतियोगीहरुले जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

अडिसन मार्फत डेढ सय जना छनोट हुने छ भने उक्त ब्लाइन्ड अडिसनको सुटिङ आगामी दुई महिनापछि सुरु हुने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिनु भएको हो ।

गुगल प्ले र एप स्टोर मार्फत भ्वाइस अफ नेपालको आघिकारीक एप डाउनलोड गरेर आवेदन दिन सकिन्छ । उक्त एप मार्फत भिडियो पठाउनुपर्ने नियम छ ।

तपाईको प्रतिक्रिया