नेपाली फिल्म जगतका प्रख्यात कलाकार प्रदिप खड्का ललितपुर महानगरपालिका–१३ को वडाअध्यक्षका उम्मेदार निरन केसीले आफ्नो फेसबुक प्रोफाइलमा प्रदिपको र आफ्नो फोटो सेयर गरे पछि चर्चामा आएका छन् ।
प्रदिप नेकपा एमाले प्रवेश गरेको कुरालाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । प्रदिपको लाखौँ फ्यानहरुले प्रदिप एमालेमा प्रवेश गरेको हो भनेर अनुमान गरेका छन् ।
वडाअध्यक्षका उम्मेदवार मात्र होइन, सदस्यका अन्य दुईजना उम्मेदवारले समेत प्रदिपसँग फोटो खिचाएर सेयर गरेका छन् । वडाअध्यक्षका उम्मेदवारले नै प्रदिपको फोटोलाई प्रोफाइल बनाएर सेयर गरेपछि प्रदिप एमालेमा प्रवेश गरेको हल्ला चलेको हो ।
तर हाल भारतको मुम्बईमा रहेका प्रदिपले चाँहि आफ्नो घरमा भोट माग्न आउँदा तस्वीर मात्र खिचाएको बताएका छन ा विज्ञापन छायांकनका लागि स्वदेश आएका उनी शुक्रबार मुम्बई फर्केका छन् ।

तपाईको प्रतिक्रिया