जेठ ३ गते प्रदर्शनमा आउने भनिएको अभिनेता आकाश क्षेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनीत चलचित्र ‘सम्झना बिर्सना’ को प्रदर्शन मिति स्थानिय चुनावले गर्दा सरेको फिल्मका निर्माण पक्षले जानकारी दिएका छन् ।
निमार्ण पक्षले फिल्मको प्रदर्शन मिति भने केही दिन पछि मात्र सार्वजनिक गर्ने जानकारी दिएका छन् । मंगलबार फिल्मको शीर्ष गीत सार्वजनिक गर्ने तयारी गरिएता पनि फिल्मको प्रदर्शन मिति सर्ने भएपछि उक्त गीतको प्रदर्शन पनि रोकिएको छ ।
निमेश प्रधानको निर्देशन रहेको फिल्ममा आकाश र पूजाका साथसाथै छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर रानालगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको कथा पनि निर्देशक प्रधानले नै लेखेका हुन् ।
उक्त फिल्मको सुिटङ दार्जिलिङ, सिक्किम र नेपालको जीवनको प्रेमकथामा आधारित रहेको फिल्ममा अदुत्य प्रधान र रेबेका प्रधानको लगानी रहेको छ । शिव ढकालले छायांकन गरेको फिल्मलाई तारा थापाले सम्पादन गरेका छन्।अभिनेता आकाश र पूजा शर्माले ‘रामकहानी’ र ‘पोइ पर्यो काले’मा एकसाथ काम गरेका थिए। उनीहरु दुवैले अभिनय गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पखाईमा छ।

तपाईको प्रतिक्रिया