बलिउड चर्चित अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको जानकारी उनले आफ्नो ट्वीटरमार्फत दिएका छन् । अक्षय कुमार दोस्रो पटक कोरोना संक्रमण भएका हुन् । यसअघि उनी कोरानाको दोस्रो लहरमा संक्रमित भएका थिए ।

कोरोना संक्रमणका कारण उनी कान्स फिल्म फेस्टिभल मा सहभागि नहुने भएका छन् । फिल्म फेस्टिभलमा भारतलाई कन्ट्री अफ अनरको रुपमा निमन्त्रणा गरिएको छ । जसमा अभिनेता अक्षय कुमार केन्द्रीय मन्त्री अनुराग ठाकुरसँग भारतीय प्रतिनिधिमन्डलको रुपमा सहभागी हुदैं थिए ।

म कान्स २०२२ मा सहभागीताका लागि निकै उत्साहित थिएँ । तर कोरोना संक्रमण हुदाँ निकै दुखी छु । अनुराग ठाकुर तपाई र तपाईको टोलीलाई धेरै शुभकामना त्यहाँ जान नपाउँदा कमी महसुस गर्नेछु उनले आफ्नो ट्वीटरमा लेखेका छन् ।

केही समय अघि अक्षय कुमार अभिनित फिल्म पृथ्वीराज को टेलर सार्वजनिक भएको थियो । यो फिल्म यही जुन ३ अर्थात जेठ २० गतेबाट प्रदर्शन हुदैछ ा

तपाईको प्रतिक्रिया