
कान्तिपुृर टेलिभिजनबाट प्रसारण हुने ‘डिट्ठा साब’ हास्य टेलिश्रृङखलामा डिठ्ठासाब को भुमिका निर्वाह गर्दै आएका हास्य कलाकार किशोर भण्डारी काँग्रेसका तर्फबाट तारकेश्वर नगरपालिका २ को वडा सदस्य पदमा विजयी हासिल गरेका छन् । कांग्रेस तर्फका उम्मेदवार उनले ११७५ मत ल्याएर जितेका हुन्। उनले नेकपा एमालेका उम्मेदवारलाई ४०० मतले हराएका हुन्। काभ्रेस्थलीका स्थायी बासिन्दा उनले चुनावी प्रचारका क्रममा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने बताएका थिए ।