नेपालको इतिहासमा पहिलो वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ८ हजार कित्ता सेयर छुट्याइएको पछिल्लो समय मुलुकको वैदेशिक मुद्रा सञ्चिति घटेसँगै सरकारले विदेशी मुद्रा भित्र्याउने योजनाअन्तर्गत नेपाल धितोपत्र बोर्ड (सेबोन)मार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयरमा १० प्रतिशत आरक्षण दिने व्यवस्था गरेको हो। जसअनुसार सेबोनले यससम्बन्धी कार्यविधि बनाएर लागू गरिसकेको छ।

कार्यविधिमा यसरी कोटा छुट्याइएको आईपीओ भर्न रेमिट्यान्स खाताबाट भुक्तानी अनिवार्य गरेको छ। तर, बैंकहरुमा कति रेमिट खाता खोलिएका छन् भन्ने यकिन तथ्यांक न राष्ट्र बैंक छ न त नेपाल बैंकर्स एसोसिएसनसँगै छ।

सीडीएससीले पनि हालै एउटा सूचना जारी गर्दै आईपीओ भर्न रेमिट्यान्स खाता खोली सीआरएन लिन वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आग्रह गरिसकेको छ। तर, अहिलेसम्म सीआरएन नम्बर लिनेको संख्या ३० जना पनि नकटेको सीडीएससीको तथ्यांक छ।

आईपीओ भर्दा सीआरएन नम्बर अनिवार्य चाहिन्छ। ‘अहिले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा कोटा छुट्याइएको छ’, सीडीएससीका एक अधिकारीले भने, ‘तर रेमिट्यान्स खाताबाट सीआरएन नम्बर लिनेको संख्या ज्यादै न्यून देखिएको छ।’

त्यसो त वैदेशिक रोजगारीमा रहेका कमै नेपालीले आईपीओ भर्ने गरेको हुन सक्ने ती एक अधिकारीले बताए। ‘खाडी मुलुकहरु रोजगारीमा रहेको र पहिलेदेखि नै आईपीओ भर्दै आएकाहरुले साधारण बचत खाताबाटै भुक्तानी गर्दै आएको हुन सक्छ’, उनले भने, ‘विकसित मुलुकहरुमा गएकाहरुले भने खासै चासो नदिएको पनि हुन सक्छ।’

यो आईपीओमा वैदेशिक रोजगारमिा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार ८०० कित्तासम्म खरिद आवेदन दिने पाउने व्यवस्था गरिएको छ। यो हिसाबले सर्वसाधारणले गोलाप्रथाबाट मुस्किलले १० कित्ता पाइरहँदा वैदेशिक रोजगारीमा रहेकाहरुले भने ५०० कित्ताभन्दा बढी नै सेयर पाउने देखिन्छ।

 

तपाईको प्रतिक्रिया