निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थाको सञ्चालक समितिको मंगलबार (माघ १७ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश छन्।

बोनस सेयर अनुमोदन गर्नेछ। बोनस सेयर वितरणपछि चुक्तापुँजी र जारी पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

सभाले संस्थाको सञ्चालक समितिका सदस्यहरुको मनोनयन तथा नियुक्ति अनुमोदन गर्नेछ।

गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभामा छलफल गरी स्वीकृत गरिनेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले फागुन २ गतेदेखि फागुन १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

तपाईको प्रतिक्रिया