सीआईटी सञ्चालक समितिको असार ९ गते (शनिबार) बसेको बैठकले वार्षिक साधारणसभा यही असार ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभाले काठमाण्डौको नयाँबानेश्वरस्थित सीआईटी बिल्डिङमा अपराह्न ३ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २६.३१५८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिमा अन्य बैंक तथा वित्तीय संस्थाहरुमध्येबाट त्यस्ता संस्थाले तोकेबमोजिम निर्वाचित वा मनोनित गरेको १ जना सञ्चालक पदमा निर्वाचन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

तपाईको प्रतिक्रिया