नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल एसबीआई बैंकलाई ऋणपत्र जारी गर्ने अनुमति दिएको हो। यो बैंकले अब ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गर्नेछ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ। जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी ८ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

नेपाल एसबीआई बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।

नेपाल एसबीआई बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

 

तपाईको प्रतिक्रिया