बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज भदौ २८ गते बिहिबार दिउँसो शेयर बाँडफाँड गरेको छ।   

 

क्यापिटलका अनुसार आईपीओमा कुल १५ लाख ८४ हजार ५ सय ९७ जनाको आवेदन परेपनि १४ लाख ७ हजार २ सय ३७ जना मात्र शेयर पाउनको लागि योग्य भएका छन्। अर्थात् आवेदन दिएका मध्ये १ लाख ७७ हजार ३ सय ६० जना आवेदन अयोग्य भएका छन् ।

 

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा गोलाप्र्तहाबाट ९ लाख जना आवेदनल  १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।

 

आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।  नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट https://www.nimbacecapital.com, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  सिडीएसले थर्ड पार्टी एपहरुलाई आईपीओ नतिजा देखाउन पूर्ण रुपमा बन्देज लगाएकोले यी ३ तरिकाबाट मात्र आईपीओ नतिजा हेर्न सकिन्छ ।

सिटिजन लाइफले भदौ १५ देखि  भदौ १९ गतेसम्म  सर्वसाधारणलाई ९० लाख कित्ता शेयर शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो।

 

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ  । कम्पनीमा संस्थापकहरुले २ अर्ब ६२ करोड ५० लाख लगानी गरेका छन्  ।  कम्पनीले कुल पुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गरेको हो।  कम्पनीले यस अघि नै गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

 

तपाईको प्रतिक्रिया