नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले चुक्तापुँजीको १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
सोही बैठकले कम्पनीको प्रथम वार्षिक साधारणसभा पनि आयोजना गर्ने निर्णय गरेको छ। सभा आउँदो मंसिर ६ गते ललितपुरको झम्सिखेलमा अपराह्न साढे ४ बजेबाट सुरु हुनेछ।
सोही सभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुलाई पाउनेछन्।
सभाले कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक र लेखापरीक्षको प्रतिवेदन स्वीकृत गर्नेछ।

Online Arthik










