सामुदायिक लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा आज (असोज ३० गते) बस्दैछ । सभा होटल उग्रचण्डी, बनेपामा बिहान ११ बजे सुरु हुनेछ । सभामा सामुदायिक र बीपीडब्लु लघुवित्त एकआपसमा मर्ज हुने विशेष प्रस्ताव पेश हुनेछ । मर्जरका सम्बन्धमा सञ्चालक समितिले तयार गरेको प्रतिवेदन र निर्णयहरु छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

यता, सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा संयुक्त मर्जर समितिले निर्धारण गरेको १ः०.८५३५ सेयर स्वाप रेसियो पारित गर्ने विशेष प्रस्ताव पनि रहेको छ । यस्तै, मर्जर सम्बन्धी अन्तिम सम्झौता स्वीकृत गर्ने, मर्जर सम्पन्न भएपछि कम्पनीको नाम, ठेगाना, अधिकृत, जारी तथा चुक्ता पुँजी, सेयर संरचनालगायत परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायत प्रस्ताव रहेका छन् ।

यी दुई लघुवित्तबीच गत पुस १ गते मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो भने नेपाल राष्ट्र बैंकले जेठ ३ गते मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको थियो । सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, असोज २० गतेसम्म कायम रहने सेयरधनीले मात्र भाग लिन सक्नेछन् ।

 

तपाईको प्रतिक्रिया