नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्न सञ्चालक समिति बैठक बोलाएको छ । सोमबार साँझ सञ्चालक समिति बैठक बोलाइएको राष्ट्र बैंक स्रोतले जनाएको छ । ‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्न साँझ ५ बजेपछि सञ्चलक समिति बैठक बोलाइएको छ’ स्रोतले भन्यो ।
सञ्चालक समितिले स्वीकृत गरेमा राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा आजै साँझ सार्वजनिक गर्ने सम्भावना छ । स्रोतले भन्यो, ‘सञ्चालन समितिबाट पारित भयो भने आज बेलुकासम्म मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक हुनेछ ।’
पछिल्लो समय कर्जा विस्तार नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा अहिले अधिक तरलताको अवस्था आएको छ । अधिक तरलतालाई ब्यवस्थापन गर्न केन्द्रीय बैंकलाई हम्मेहम्मे परेको छ । दैनिकजस्तो बजारबाट निक्षेप तान्दै आएको छ । तरलाता व्यवस्थापन गर्ने गरी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ल्याउन तयारी भइरहको राष्ट्र बैंकका एक अधिकारीले बताए ।