![](https://onlinearthik.com/wp-content/uploads/2024/04/capture.jpg-1.png.jpg-1.png)
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साविकको महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९र८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ ।
कम्पनीले गत आवको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन कम्पनीको आधिकारिक बीमाङ्कीबाट तयार गरिएको बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट वैशाख २ गते स्वीकृत भएको जनाएको छ । कम्पनीले २०८० असार मसान्तसम्म जारी भएको मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा प्रतिवर्ष प्रति हजारमा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीले महालक्ष्मी सावधिक जीवन बीमालेख अन्तर्गत ५ देखि १५ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १६ देखि २५ वर्षका लागि ४६ रुपैयाँ र २६ देखि ३० वर्षका लागि ५२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।
कम्पनीले महालक्ष्मी सरल जीवन बीमालेख अन्तर्गत ५ देखि १५ वर्ष अवधिका लागि ५२ रुपैयाँ र १६ देखि २५ वर्षका लागि ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।