पाचँथर पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आठौं वार्षिक साधारण सभा डाकेको हो ।

उक्त सभा आगामी जेठ २७ गते काठमाण्डौ बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजे आयोजना हुनेछ ।

उक्त सभामा कम्पनीको नियमावली नियम २७(२) को सञ्चालक समितिको संख्या संशोधन गर्ने,एक्सेस इन्भेष्टमेन्ट र मेगा भेन्चर प्रालिलाई प्राप्ति गर्ने/गाभ्ने र आयोजनामा पुनःनिर्माणका लागि कर्जा थप गर्ने लगायतका विशेष प्रस्ताव पारित हुनेछ ।

सभामा सञ्चालक समितिको अध्यक्षद्वारा प्रस्तुत गरिने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकद्वारा प्रस्तुत गत आवको लेखापरीक्षक प्रतिवेदन सहितको आय व्यय विवरण र वासलातमाथि छलफल गरी पारित गरिनेछ ।

यस्तै सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया