नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले कम्पनीमा रहेकाे लगानीयाेग्य अमेरिकी डलर ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गका बैंकमा एकदेखि दुई वर्षे अवधिका लागि लगानी गर्न लागेकाे एक सूचना मार्फत जानकारी दिएकाे छ ।

त्यसैगरी, कम्पनीले इच्छुक वाणिज्य बैंकहरुलाई  आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर सूचना प्रकाशन भएकाे ५ दिनभित्र शिलबन्दी प्रस्ताव बुझाउन अनुराेध गरेको छ ।

तपाईको प्रतिक्रिया