अन्तराष्ट्रिय बजारमा ओरालो लागेसँगै आज घरेलु बजारमा समेत सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि घटेको हो ।

आज सुनको मूल्य १ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

तपाईको प्रतिक्रिया