ट्रेड टावर कम्पनीले २०७९ असार १४ गते बोर्डमा आईपीओ जारी गर्न अनुमति मागेको थियो । आवेदन दिएको ३२ महिनापछि सर्वसाधारणमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३९ करोड ७१ लाख रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ जारी गर्न अनुमति पाएको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


Online Arthik











