राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले ७ लाख ४ हजार १११ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले असार १ गतेदेखि असार २४ गतेसम्म चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ रुपैयाँको १ सय प्रतिशत तथा १ कित्ता सेयर बराबर १ कित्ता अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा सर्वसाधारण समूहतर्फ ५ लाख ६४ हजार १० कित्ता र संस्थापक समूहतर्फ १ लाख ४० हजार १०१ कित्ता सेयर बिक्री भएको थिएन । कम्पनीका अनुसार उक्त सेयर भदौ ८ गतेसम्म लकइनमा रहनेछ ।

कम्पनीले सोही साउन १३ गतेदेखि साउन २० गतेसम्म बिक्री गर्न लागेको हो । कम्पनीको सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको कार्यालय नक्साल काठमाडौं, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय ठिमी-भक्तपुर, कुमारीपाटी-ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही-दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ ।

तपाईको प्रतिक्रिया