
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यो आ.व. को अन्त्यसम्म २ अर्ब १४ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरी अघिल्लो आवको तुलनामा ७ प्रतिशत वृद्धि गरेको छ। अघिल्लो आवमा कम्पनीले २ अर्ब ६ करोड १४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो।
गत आवमा व्यवसाय विस्तारसँगै कम्पनीको जीवन बीमा कोषको आकार १३.८० प्रतिशतले बढेर ८९ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवमा ७९ अर्ब १ करोड २८ लाख रुपैयाँ थियो। महाविपत्ती कोष पनि ७ प्रतिशतले बढ्दै ६६ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
कम्पनीले बीमितमैत्री नीति अवलम्बन गर्दै बीमा दाबी भुक्तानीमा उल्लेखनीय वृद्धि गरेको छ। अघिल्लो आवमा ८ अर्ब ३२ करोड ८२ लाख रुपैयाँको दाबी भुक्तानी गरेकोमा गत आवमा यो ३२.९४ प्रतिशत बढेर ११ अर्ब ७ करोड १२ लाख रुपैयाँ पुगेको छ।
यद्यपि नाफा ५६.२२ प्रतिशत घटेर ४१ करोड २८ लाख रुपैयाँमा सीमित भए पनि कर्जा लगानी आम्दानी ४.३८ प्रतिशत बढेर ५ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ पुगेको छ। साथै, कुल आम्दानी पनि ५.९६ प्रतिशत वृद्धि भई २८ अर्ब ६२ करोड ४६ लाख रुपैयाँ पुगेको छ।
गत आवको अन्त्यसम्म कम्पनीको बीमालेख संख्या १५ लाख १९ हजार ७४५ रहेको छ। यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी (EPS) ७.९२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२९.७२ रुपैयाँ रहेको छ।