नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भागनारायण साहुलाई नियुक्त गरिएको छ। भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
साहु हालसम्म संस्थामा नायब सीईओको रूपमा कार्यरत थिए। संस्थाका अघिल्ला सीईओ भोजराज बस्यालको कार्यकाल साउन मसान्तमा सकिएसँगै सीईओ पद रिक्त रहेको थियो।

Online Arthik









