स्टक ब्रोकर नम्बर ८१, आकाशभैरव सेक्युरिटिज लिमिटेडले आफ्ना सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले चुक्ता पुँजीको १५ प्रतिशतका दरले ३ करोड १० लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज ४ गते बिहान १० बजे ललितपुरमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। सभामा लाभांश प्रस्तावसँगै मार्जिन कर्जा सुविधा प्रदान गर्ने, शाखा कार्यालय खोल्ने तथा सञ्चालक समितिको पारिश्रमिक र सेवा सुविधा वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ।

यस्तै, सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ।

तपाईको प्रतिक्रिया