मंसिर २४ गते बसेको सिटिजन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत (करसहित) नगद लाभांश सेयरधनीलाई दिने घोषणा गरेको हो ।
इन्स्योरेन्सका अनुसार नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

Online Arthik










