एनएमबी बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौँमा सम्पन्न भएको छ। साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न भएको हो।
सभाले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ।साधारण सभामा प्रस्तुत वित्तीय विवरणअनुसार बैंकले २०८२ असार मसान्तसम्म २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। साथै, बैंकले २ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।
हाल बैंकका देशभर २०२ शाखा, १८४ एटीएम तथा ९ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन्।

Online Arthik










