लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि कुल १ लाख २० हजार ९० कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको हो।

उक्त सेयर खरिदका लागि आम सर्वसाधारणसहित जो–कोही व्यक्ति वा कम्पनीले आवेदन दिन सक्ने बैंकले जनाएको छ। यसअघि बैंकले गत मंसिर २१ गते ३५ दिने सूचना प्रकाशित गर्दै विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्रै सेयर बिक्रीमा राखेको थियो। तर तोकिएको अवधिमा कुनै पनि आवेदन नपरेपछि अब सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागिएको हो।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया