स्थानीय बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। आजको कारोबारमा सुनको मूल्य प्रतितोला ९ हजार २ सय रुपैयाँले बढ्दै पहिलोपटक ३ लाख रुपैयाँको आँकडा पार गरेको हो।
यो वृद्धिसँगै आज सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत माघ ७ गते सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुग्दै प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ कायम भएको थियो।
यस्तै, आज चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। चाँदीको भाउ प्रतितोला ३२० रुपैयाँले बढ्दै ६ हजार १ सय ९० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

Online Arthik










