नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ झिक्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन उपकरण ‘निक्षेप संकलन’मार्फत ८८ दिनका लागि उक्त रकम उठाउन लागेको जनाएको छ। राष्ट्र बैंकका अनुसार अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेसम्म बोलकबोल गर्न सकिनेछ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्नेछन्। यस निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १० गते गरिने जनाइएको छ। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले यस प्रक्रियामा सहभागिता जनाउन सक्नेछन्।

तपाईको प्रतिक्रिया