चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म जिल्लामा ७ सय १७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्।
घरेलु तथा साना उद्योग कार्यालय का सूचना अधिकारी खीना तिम्सिना का अनुसार सो अवधिमा उद्योगतर्फ ३१६ र वाणिज्यतर्फ ४०१ फर्म दर्ता भएका हुन्। त्यस्तै, उद्योगतर्फ ६३५ र वाणिज्यतर्फ ६२७ उद्योग नवीकरण गरिएको छ।चालु आवको पहिलो आठ महिनामा उद्योगतर्फ १२५ र वाणिज्यतर्फ ८८ गरी कुल २१३ उद्योग खारेज भएका छन्। साथै, १२ उद्योगको ठाउँसारी, ३३ उद्योग नामसारी, २३ उद्योगको नाम परिवर्तन तथा ३९ उद्योगले उद्देश्य थपेका छन्। सूचना अधिकारी तिम्सिनाका अनुसार कार्यालयमा औपचारिक रूपमा उद्योग बन्द गराउनेको संख्या कम भए पनि नवीकरण नगरेका धेरै उद्योग भने बन्द भइसकेका छन्।
कार्यालयले चालु आवका आठ महिनामा विभिन्न शीर्षकबाट १ करोड ३५ लाख ५९ हजार ८ सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

Online Arthik










