स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको आईपीओ भने चैत १२ गते नै बन्द भइसकेको छ।
आयोजना प्रभावितका लागि छुट्याइएको सेयरमध्ये ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका–८ का अति प्रभावित स्थानीयका लागि ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको छ। बाँकी सोही परिमाणको सेयर सिरिजङ्गा गाउँपालिकाका अन्य वडा, सिदिङ्वा गाउँपालिका, पाथीभरा याङवरक गाउँपालिका तथा पाँचथरको हिलिहाङ गाउँपालिकाका स्थानीयका लागि विनियोजन गरिएको छ।
स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आवेदन दिन इच्छुकले सानिमा क्यापिटल लिमिटेड, ताप्लेजुङस्थित आयोजनास्थल याम्फुदिन, नेपाल बैक लिमिटे , NMB Bank Limited, Sanima Bank Limited तथा Global IME Bank Limited शाखामार्फत आवेदन फाराम प्राप्त तथा बुझाउन सक्नेछन्।

Online Arthik









