सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) १० अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। यसमा ५ अर्ब नयाँ ट्रेजरी बिल र ५ अर्ब पुराना ट्रेजरी बिलको नविकरण समावेश गरिएको छ।कार्यालयका अनुसार, यस ट्रेजरी बिलको परिपक्वता मिति २०८३ चैत २३ गते हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले चैत २३ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने बाँडफाँट मंगलबार हुनेछ।

यसअघि कार्यालयले चैत १६ गते पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो।

तपाईको प्रतिक्रिया