किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले २०० वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्दै निजी क्षेत्रका अस्पतालहरूमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। सेन्टरले अन्तर्राष्ट्रिय स्तरसँग तुलना गर्न मिल्ने सफलता दर कायम गर्दै नेपालकै अग्रणी प्रत्यारोपण केन्द्रको रूपमा आफ्नो पहिचान स्थापित गरेको जनाएको छ। स्थापना कालदेखि नै आधुनिक प्रविधि र गुणस्तरीय उपचारमा जोड दिँदै आएको यस केन्द्रले अनुभवी चिकित्सक तथा प्राविधिक टोलीको सहयोगमा उत्कृष्ट नतिजा प्राप्त गरेको हो। यहाँ जीवित दाताबाट मिर्गौला प्रत्यारोपण गरिँदै आएको छ भने दाताको स्वास्थ्य सुनिश्चित गर्न विस्तृत परीक्षण र शल्यक्रियापछि नियमित निगरानी गरिन्छ। साथै, ‘पेयर्ड एक्सचेन्ज’ प्रणालीमार्फत दाता नमिलेका बिरामीलाई पनि प्रत्यारोपणको अवसर प्रदान गरिएको छ, जसले उपचारको पहुँच बढाएको छ। ल्यापारोस्कोपिक प्रविधिबाट गरिने शल्यक्रियाले दातालाई कम पीडा, कम रक्तस्राव र छिटो निको हुने सुविधा दिएको छ। सेन्टरले आगामी दिनमा अझ धेरै बिरामीलाई सुरक्षित, गुणस्तरीय र पहुँचयोग्य सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।
TRENDING :

Online Arthik










