स्थानीय बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार सोमबार प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि ५०० रुपैयाँले बढेर २ लाख ९५ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले वृद्धि भएको छ। सोमबार ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि ५ हजार ८५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।

Online Arthik









