स्थानीय बजारमा बुधबार पहेँलो धातु (सुन) र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु. ३,३०० ले घटेको छ।

मङ्गलबार प्रतितोला रु. २,९५,३०० मा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला रु. २,९२,००० मा कारोबार हुनेगरी निर्धारण गरिएको महासङ्घले जनाएको छ। त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला रु. १२५ ले घटेको छ। मङ्गलबार प्रतितोला रु. ५,०८५ मा कारोबार भएको चाँदी आजका लागि प्रतितोला रु. ४,९६० मा निर्धारण गरिएको छ।

महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य परिवर्तन तथा स्थानीय माग–आपूर्तिको अवस्थाका कारण सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव देखिँदै आएको छ।

तपाईको प्रतिक्रिया