टुक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले गत २३ गतेदेखि २८ गतेसम्म आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज सफलतापूर्वक बाँडफाँड सम्पन्न भएको छ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएपछि बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।

कम्पनीले सर्वसाधारणका लागि कुल २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ निष्कासन गरेको थियो। उक्त अवधिमा कुल २९ लाख ४८ हजार ९ सय ६६ आवेदन प्राप्त भएकोमा २७ लाख ७१ हजार २ सय ५२ आवेदन सदर भएको कम्पनीले जनाएको छ।सदर आवेदनमध्ये २ लाख ५१ हजार ५ सय ४५ आवेदकलाई १०–१० कित्ताका दरले २५ लाख १५ हजार ४५० कित्ता सेयर बाँडफाँड गरिएको छ। बाँकी ५ कित्ता सेयर भने ५ जना आवेदकलाई थप १–१ कित्ताका दरले वितरण गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

आईपीओको नतिजा लगानीकर्ताहरूले मेरो सेयर  तथा सीडीएस र क्लियरिङ्ग लिमिटेड प्रणालीको वेबसाइटमार्फत हेर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया