यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ४.२८५७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरिएको छ । समायोजनपछि कम्पनीको प्रतिकित्ता सेयरमूल्य ४४४ रुपैयाँ ८४ पैसा कायम भएको छ, जुन समायोजनअघि ४६३ रुपैयाँ ९० पैसा थियो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि ४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव आगामी असार ३१ गते हुने दोस्रो वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई लाभांश वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया