बेलीब्रिजको प्राविधिक परीक्षण सम्पन्न भएपछि रसुवागढी नाकास्थित मितेरी पुलबाट चार दिनपछि आजदेखि सवारीसाधन सञ्चालनमा आएका छन् । चिनियाँ प्राविधिकले पुल परीक्षण गरी आवश्यक मर्मत तथा नट कस्ने काम सकेपछि २२ वटा कन्टेनरसहित साना तथा ठूला सवारीसाधन केरूङतर्फ प्रस्थान गरेका छन् भने चीनबाट स्याउ, सुन्तला, अङ्गुर र ड्राइगनफ्रुट बोकेका ३३ वटा सवारीसाधन नेपाल भित्रिएका छन् । पुलको क्षमतालाई ध्यानमा राख्दै १४ फिटभन्दा अग्लो लोड भएका सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ । गत वर्ष ल्हेन्दे खोलाको बाढीले स्थायी पुल बगाएपछि निर्माण गरिएको बेलीब्रिज वर्षायामका लागि उपयुक्त भए/नभएको परीक्षण गर्न अस्थायी रूपमा सवारी आवागमन रोकिएको थियो।

Online Arthik










