माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओ आज बिहान बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा गोलाप्रथामार्फत बाँडफाँड गरिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १४ लाख २७ हजार ६ सय कित्ता सेयर निष्कासन गरेकोमा २८ लाख ६२ हजार ९०९ आवेदकबाट ३ करोड ६ लाख ५५ हजार ४३० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । सदर भएका २८ लाख १५ हजार ६७९ आवेदनमध्ये १ लाख ४२ हजार ७६० जनाले १०–१० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् भने बाँकी आवेदकको हात रित्तो भएको छ । आईपीओको नतिजा मेरो सेयर तथा सीडीएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ।

Online Arthik










