संघीय संसद्अन्तर्गतको अर्थ समितिको बैठक आज सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे सुरु हुनेछ।

बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषयहरूबारे विज्ञ तथा सरोकारवालासँग छलफल गरिनेछ।

यससँगै समितिसँग सम्बन्धित समसामयिक विषयहरूमा पनि छलफल हुने संसद् सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया